राप्तीमा विभिन्न संस्थाहरुको सहयोगमा स्कुले बालबालिकाहरुको मुटु परिक्षण गरिएको छ ।

चितवन मुटु अस्पताल, नेपाल हार्ट फाउन्डेसन र लायन्स क्लब अफ चितवनको संयुक्त आयोजनामा राप्ती ७ का स्कुले बालबालिकाहरुको मुटु परिक्षण गरिएको हो ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा शंकर लौडारिको नेतृत्वमा संचालित उक्त सिबिरमा १२ जना स्वास्थ्यकर्मिहरुको सहयोगमा इसिजी र इको कार्डियोग्राफी सेवा सहित स्वास्थ्य परिक्षण गरिएको थियो । परिक्षण पस्चात स्वास्थ्यमा खराबी देखिएका बालबालिकाहरुलाइ निसुल्क औषधि बितरणको ब्यबस्था गरि अलि गम्भीर किसिमका समस्या भएकाहरुलाइ चितवन मुटु अस्पतालमा निसुल्क उपचारको ब्यबस्था मिलाइएको उक्त सिबिरका ब्यबस्थापक लोकराज भुसालले जानकारी दिए ।
नागेन्द्र अधिकारीको विशेष पहलमा संचालित उक्त सिबिरमा राप्ती ७ मा रहेको दिब्यज्योती मात्रृ सहयोग, सिरकोट आधारभुत बिध्यालय र सिरकोट निम्न माद्यामिक बिध्यालयका ४३७ जना बालबालिकाहरुको मुटु परिक्षण गरिएको थियो ।

यस अघि रत्ननगरको झुवानी उच्च माबी, बछ्यौली उच्च माबी, मालपुर माबी तथा बद्रयानी माबिमा करिब १६ सय भन्दा बढिको मुटु परिक्षण गरिएको आयोजकको दाबी छ । त्यस्तै आगामी दिनमा बज्रहट्टि र शक्तिखोरका बिध्यालयमा पनि यस्तै सिबिर सन्चालन गरिने अधिकारिले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर