२७ जेठ , चितवन ।
एक दशक देखि शिक्षा क्षेत्रमा मा कृयाशिल युवाहरूले शहीद चोक, नारायणगढमा एडुल्याण्ड एजुकेसन कन्सलटेन्सी सर्भिस प्रा लि को स्थापना गरेका छन् ।
अस्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्ड लगायतका मुलुकहरुमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि एडुल्याण्डको सुरुवात गरिएको स्कटल्याण्डबाट ब्यबस्थापन विषयमा मास्टर्स गरेका कार्यकारी निर्देशक नारायण सापकोटाले बताए।
विधिवतरुपमा पुजा आजा गरि पन्चकन्याबाट समुदघाटन गरिएको सो समारोहमा एडुल्याण्डका निर्देशकहरु सुरेश बराल, रबि खरेल, केशव अधिकारीले उक्त शैक्षिक संस्थाको योजना र उद्देश्यका बारेमा जानकारी गराएका थिए।
आइएलटिएस, पिटिई, अङ्ग्रेजी अनि जर्मन भाषाको समेत पढाई हुने एडुल्याण्ड कन्सल्टेन्सी चितवन, नवलपरासीका विभिन्न कलेजहरुमा ब्याचलर तथा मास्टर्स अध्यापन गराइरहेका ब्यक्तिहरुद्वारा संचालित शैक्षिक संस्था हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार