जेठ २८ , चितवन ।भरतपुर महानगरपालिका–१७ बेलुवामा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । स्थानीय यमप्रसाद पौडेलकी ३० वर्षिय श्रीमती शुष्मा ढुंगाना पौडेलको शव शुक्रबार राती घर छेउको बकैनाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
स्थानीयका अनुसार उनको श्रीमान श्रीमती बीच झै–झडा भइरहन्थ्यो । माइतीपक्षले भने घरेलु हिंसाका कारण छोरीको ज्यान गएको हुनसक्ने भन्दै छानविनको माग गरेको छ ।
उनका पाँच वर्षीय एक छोरा छन् । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ भने शव पोष्टमार्टमका लागी भरतपुर सरकारी अस्पतालमा ल्याइएको छ । घतनाकाे थप विवरण आउन बाकी रहयको इलिका प्रहरि काय्रालयले भरतपुरले जानकारि दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार