यूएईमा जारी १३ औँ सिजनको आईपीएलको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेको छ।

महत्वपूर्ण खेलमा टस हारेर बैंग्लोरले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको हैदराबादले अन्तिम २ बल बाँकि छदैँ जित हात परेको हो ।

जितसंगै हैदराबाद फाइनलमा पुग्नका लागि दिल्ली क्यापिटल्सको सामना गर्नुपर्नेछ।

हैदराबादका लागि कप्तान डेविड वार्नरले १७, मनिष पाण्डेले २४, केन विलियमसन्ले ५०, जसोन होल्डरले २४ रन बनाए  । बलिंग तर्फ बैंग्लोरका मोहमद सिराजले २ तथा युजवेन्द्र चहल र एडम जम्पाले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनायो । टीमका लागि एबी डिभिलियर्सले ५६, आरोन फिन्चले ३२ र मोहम्मद सिराजले अविजित १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा जेसन होल्डरले ३,नटराजनले २ र साहबाज नदीमले एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर