जेठ २८,चितवन । नुवाकोटको ककनीमा विद्युतको तारमा हिँडेका नुवाकोटका प्रेमबहादुर बिक अहिलेसम्म पनि तल झर्न मानेका छैनन्। नुवाकोटको बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला भनिने बिक बिहानैदेखि विद्युतको तारमा हिंड्दा लामो समयदेखि विद्युत सेवा बन्द भएको छ।

मानसिक सन्तुलन ठिक नभएका माइला घर झगडा गरेर शनिबार बिहान १० बजेदेखि विद्युतको पोलबाट हाइटेन्सन प्रसारण लाइनमा चढेका थिए। उनी पोलमा चढ्नासाथ विद्युत सेवा बन्द गरिएको थियो। विद्युत प्राधिकरणका अनुसार बिहान १० बजेदेखि विद्युत बन्द हुँदा करिब ८० लाखको घाटा भएको छ। बीक लाई फकाउनी प्रयास भएँ तापनि उनी अहिले तारमा नै झुन्डिएर बसेका छन् । त्यस स्थानको विद्युत सेवा पूर्णरूपमा बन्दा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार