जेठ २९, चितवन। चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला सिएमसी ल्याबले अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता प्राप्त गरेको छ । गुणस्तरीय सेवा प्रवाह गरेवापत प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको अस्पतालले जनाएको छ ।
अस्पतालका क्वालिटी म्यानेजर एण्ड एक्कुडेशन को–अर्डिनेटर राप्रसाद शर्माका अनुसार प्रयोगशालाले आइएसओ १५१८९ः२०१२ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय ल्याब्रोटेरी मानकीकरण निगम मान्यता शिक्षा अनुसन्धान र वैज्ञानिक सेवा केन्द्र एइआरएसएससी०ले तोकेका मापदण्ड अस्पतालको प्रयोगशालाले पूरा गरेकाले सो मान्यता पाएको उहाँले जानकारी दिनुभयो । नेपालमा यसअघि छवटा प्रयोगशालाले यो मान्यता प्राप्त गरिसकेको जनाउँदै उहाँले भन्नुभयो, “मेडिकल कलेजहरूमा र उपत्यका बाहिर हामीले पहिलोपटक यो मान्यता प्राप्त गरेका हौँ ।
अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले अस्पतालले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय मान्यतालाई सधैँ कायमै राख्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, चितवनमा स्तरीय प्रयोगशाला सेवा भएसँगै अब राजधानी काठमाडौँ र विदेश पठाउनु नपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार