जेठ २९, चितवन।डाक्तरहरूले उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्नेमा जोड दिएका छन् । अन्य शारीरिक बनावटसँगै आँखाको विकास पनि राम्रोसँग भइनसकेका कारण आँखा परीक्षण गराउनुपर्ने उनीहरुले सुझाएका हुन् ।रेटिना विज्ञ डा संयम बजिमयले सात÷आठ महिनामा एक दशमलव पाँच किलोग्रामभन्दा कम तौल भएका शिशुको अनिवार्य आँखा परीक्षण गराउनुपर्ने बताउनुभयो । त्यस्ता शिशुको समयमा आँखाको परीक्षण नभएमा अन्धो पनि हुन सक्ने उहाँको भनाइ थियो । डा बजिमयले भन्नुभयो “समयमा उपचार पायो भने कोही पनि अन्धो हुँदैन ।”

समय पुगेर जन्मिएका शिशुको पनि छ महिनभित्र आँखा परीक्षण गराउनुपर्ने उहाँले बताउनुभयो । नवजात शिशुमा बंशाणुगत रोग हुनसक्ने भन्दै डा बजिमयले समयमै उपचार पाएमा समस्या नहुने उल्लेख गर्नुुभयो ।पहिले पहिले कम तौलका शिशुहरुको उपचार कठिन थियो तर अहिले प्रविधिको विकास र जनशक्तिको व्यवस्थाले कम तौलका शिशुलाई बचाउन सकिएको छ । भरतपुर अस्पतालको बाल सघन उपचार कक्ष (एनआईसियु)का प्रमुख तथा बरिष्ठ बाल रोग विशेषज्ञ डा ओमकृष्ण पाठकले अहिले कम तौलका शिशुलाई पनि उपचार गरेर बचाउन सकिएको बताउनुभयो । यदि समयमानै अाखाँकाे उपचार पाए उपचार सम्भव हुने कुरा उहाले बताउनु भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार