जेठ २९ , चितवन । यसवर्ष मनसुन छिटो आएका कारण चितवनका इँटा उद्योग पनि छिटै बन्द भएका छन् । वर्षा लाग्न सुरू भएसँगै चितवनका इँटा उद्योग बन्द भएका हुन् । यहाँका केही उद्योग त वैशाखदेखि नै बन्द भएका हुन् ।
नेपाल इँटा उद्योग महासंघका उपाध्यक्ष तथा चितवन उद्योग संघका अध्यक्ष नारायण सापकोटाले चितवनमा चलेका सातवटा इँटा उद्योगहरु छिटो वर्षासँगै छिटै बन्द भएको बताए । उनले भने, ‘यसपटक मनसुन छिटो आयो, इँटा उद्योगहरु पनि छिटै बन्द भए ।’ उनले इँटा उद्योगहरु ठूलो नोक्सानमा चलिरहेको बताए ।
उनका अनुसार गत चैतसम्म चितवनमा सातवटा इँटा उद्योगहरु चलेका थिए । यसवर्षको वर्षा सुरू हुनुअघि खैरहनीमा तीनवटा, राप्तीमा तीन वटा र रत्ननगरमा एउटा इँटा उद्योग सञ्चालनमा थिए ।
पानी छिटो परेका कारण इँटा उद्योगहरु पनि छिटो बन्द भए’ अध्यक्ष सापकोटाले भने, ‘यसअघि कारोनाको मारमा परेका थियौँ, अहिले छिटो वर्षाको मारमा परेका छौँ, मार त सधैँ पर्ने भयो ।’
चितवनमा कोरोनाको कहरको समयावधिमा यहाँका एक दर्जन इँटा उद्योग बन्द भएका छन् । कोरोना भाइरसको सङ्क्रमण आउनुभन्दाअघि यहाँ १८ वटा इँटा उद्योग चलिरहेका थिए । अहिले मुस्किलले सातवटा इँटा उद्योग चितवनमा चलेका छन् । काेराेना सँगै मनसुनकाे मार छिटाे परेकाे कारण अाफुहरूले घाता खानु परेकाे उहाकाे गुनासे रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार