जेठ २९, राप्ती । राप्ती नगरपालिकाका पूर्व उपमेयर इमानसिंह जनताकै सेवामा तल्लीन देखिन्छन्  । आफू उपमेयर हुँदा पनि उनी निरन्तर जनताकै सेवामा लागिरहेका थिए । कोभिड महामारी देखि लिएर घरबारविहीनलाई घर बनाउने काममा सधैँ उनी अग्रसर हुन्थे ।

यस्तै आज उनले विगत ८ बर्ष देखि थला परेका रविन्द्र राईलाई उपचारको लागि अस्पताल लगि भर्ना गराएका छन् । उनले राईको घरमै गई अस्पताल पुर्याउने काम गरेका हुन् । राई विपन्न वर्गको परिवारका गनिन्छन् । उनी हात खुट्टा नचल्ने अवस्थामा रहेका छन् । अस्पताल भर्ना भएलगत्तै राईको उपचार प्रक्रिया अघि बढेको छ । राईको उपचारार्थ चन्दा संकलनको लागि पनि लामाले अनुरोध गरेका छन् ।

उनले केही दिन अघि मात्र श्रीमानको यातनाबाट मृत्यु भएकी गीता माझिकी दुई छोरीको अभिभावकत्व ग्रहण गरेका थिए । त्यस अघि उनले राप्ती नगरपालिकामा कार्यरत दुर्गा चौधरीको निधन पछि उनको छोरा मौसम चौधरीको अभिभावकत्व ग्रहण गरेका थिए ।

लामा आफू जनप्रतिनिधि रहँदा देखि नै दीनदुखी, विपन्न तथा दीर्घरोगीहरुको सहारा बनिरहेका छन् । उनले आफू जनप्रतिनिधि रहे या नरहे पनि जनताको सेवा गरिरहने उनले उपमेयरको पदमा रहँदा नै प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार