जेठ ३०, चितवन । रासायनिक मलको अभाव भएको बारेमा नेकपा एमालेका सांसदहरुले पेश गरेको प्रस्तावमाथि छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले २ घण्टाको समय छुट्याएका छन्।प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले रासायनिक मलको विषयमा छलफल गर्न भन्दै प्रस्ताव पेश गरेका थिए ।
भट्टराईले प्रस्ताव पेस गरेपछि सभामुखले छलफलका लागि २ घण्टाको समय निर्धारण गरेका हुन् ।

संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि विषयगत छलफल गर्ने नियमित कार्यसूची स्थगित गरेर २ घण्टा मलको आपूर्तिका सन्दर्भमा छलफल हुन लागेको छ ।
एमालेका १५ सांसदले संघीय संसद् सचिवालयमा मलको विषयमा छलफल गर्ने प्रस्ताव दर्ता गराएका थिए।धानलगाउने समय सुरु भइसक्दा पनि किसानले मल पाउन सकेका छैनन् । देश भरका किसानले मल पाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।बषाकाे समय सुरूहुदा सम्मि किसानले मल नपाएकाे भन्दै अालेचना भएकाले अाज एस विसएमा छलफल हुन लागेकाे बताउनु भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार