जेठ ३१ , चितवन । गाेरखाकाे पालुङटार नगरपालिका वडा नम्बर ९ बिर्दी घर भएकी अधिकारीलाई तीन वर्षदेखि बाढीले वर्षेनि दुख दिइरहन्छ । केही वर्ष अघि नै श्रीमानको मृत्यु भयो, छोरी बिहे गरेर गइन् । त्यसपछि उनी घरमा एक्लै छिन् । घरमा साथी भनेकै अहिले उनका लागि केही कुखुरा, बाख्रा र भैँसी छन् ।

कपाल सेतै फुलेका छन् । दुई,चार वटाबाहेक सबै दाँत झरिसके । बुढेसकालले छपक्कै छोपिसक्यो । तर, उनलाई खेतीपाती नगरी सुखै छैन । घर आसपासमै उनको ४ रोपनी खेत छ । यही खेतमा सिजन अनुसार धान, मकै लगाउँथिन् ।
गत बिहीबार पनि वर्षासँगै आएको बाढीले उनको खेत र घर डुब्यो । खेर र घरमा बाढी पसेपछि उनको मन पनि पीडामा डुबेको छ । घर र खेत जति डुबे पनि सरकारले उनलाई राहत कहिल्यै दिँदैन, दिएको उनलाई याद पनि छैन । तर, उनी पीडामा डुबेको आफ्नो मनलाई भने ‘जिन्दगी यस्तै त होनी’ भन्दै थम्थमाएर राहत दिइरहन्छिन् । आफु लाई जति पिडा भय नी कसैले  आफ्नो पिडा न देखेकाे उनकाे गुनासे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार