३१ जेठ, चितवन । नेपाल प्रहरीले जबरजस्ती करणीमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाण्डौ महानगरपालिका–६ बौद्धमा रहेकाे लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई जबरजस्ती करणी गर्ने चार जना पक्राउ गरेकाे हाे ।प्रहरीले काठमाण्डौका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र होेटलका सञ्चालक सिन्धुपाल्चोकका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले होटल सञ्चालक शेर्पाको मिलेमतोमा बाँकी तीन जनाले युवतीमाथि जबरजस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । प्रहरीले घटना घटेको १६ घण्टाभित्र उनीहरूलाई पक्राउ गरेको हो ।प्रहरीले पीडित युवतीलाई होटलबाट उद्धार गरी प्रसूतिगृह थापाथली लगेर स्वास्थ्य परीक्षण गरेको प्रवक्ता मैनालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार