१ असार ,चितवन । पूर्वी चितवनको कालिका नगरपालिका–५ सीमाचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

भरतपुरबाट पदमपुरतर्फ जाँदै गरेको ना३९प २९७१ नम्बरको मोटरसाइकल र गढुवाचोकबाट पदमपुर सामुदायिक वनतर्फ आउँदै गरेको प्रदेश २–०३–००७ प ५६७५ नम्बरको स्कुटर मंगलबार दिउँसो एकापसमा ठक्कर खाएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार कालिका नगरपालिका–९ का ५० वर्षीय बलबहादुर तामाङको मृत्युु भएको छ । गम्भीर घाइते भएका उनको १ः४० बजे पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते हुनेमा मोटरसाइलक चालक कालिका–९ का ४० वर्षीय प्रदीपकुमार श्रेष्ठ र स्कुटर चालक कालिका नगरपालिका वडा नं– ३ का ६९ वर्षीय सुकबहादुर तामाङ रहेका छन् । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार