२असार, चितवन । तनहुँको आबुखैरेनी गाउँपालिका–४ पावर हाउस स्थित रुवाखोलाको पुलबाट आज बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ ।

मृत्यु हुने चालक तनहुँको म्याग्दे गाउँपालिका–६ मनपाङका ४७ वर्षीय राम बहादुर दमाई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर स्थित मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान सवा ६ बजे मृत्यु भएको हो ।
मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको टिपर आज बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार