२ असार, चितवन । निउरो टिप्न गएकी मेघौलीकी पूर्व म्यादी प्रहरीलाई आज बिहान बाघले आक्रमण गरी बेपत्ता बनाएको छ । भरतपुर २७ की २३ वर्षकी रेखा बस्नेत पूर्व म्यादी प्रहरीलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको चितवन प्रहरीले जनाएको छ । उनी साथीहरुसँग निउरो टिप्न राधा कृष्ण मध्यवर्ती सामुदायिक वन गएकी थिइन् ।

साथीसँगै निउरो टिप्नेक्रममा उनलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको थियो । उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय दिब्यनगर र फुलबारीबाट गएको प्रहरी टोलीले खोजी जारी राखेको छ । यसबाहेक खड्गदल गण मेघौलीबाट नेपाली सेनाको टोलीले पनि बस्नेतको खोजी गरेको छ । वनभित्र जान असहज भएपछि खोजीको लागि हात्ती मगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार