३ असार,चितवन । भरतपुर अस्पतालले अतिविशिष्टिकृत क्लिनिक सुरु गरेको छ । अस्पतालले बिहीबारदेखि सो सेवा सुरु गरेको हो।अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले क्लिनिकको उद्घाटन गरे । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले हाल ११ अतिविशिष्टिकृत क्लिनिक सुरु गरिएको बताए । केही दिनमा सेवा थप हुँदै जाने उनको भनाइ छ ।

विशेषज्ञ क्लिनिक र जनरल बहिरङ्ग सेवा (जिओपिडी)बाट सिफारिस भएमा बिहान १० देखि १ बजेसम्म अतिविशिष्टिकृत सेवा लिन सकिने प्रा डा पौडेलले बताए । यसरी सिफारिस हुने बिरामीले अतिरिक्त शुल्क तिर्नु नपर्ने उनको भनाइ छ । उनले भने, “जिओपिडी र ओपिडीको टिकट लिने बिरामीले सिधै अतिविशिष्टिकृत सेवा लिन पाउँदैन, सिफारिस भएमा सेवा लिन पाउँछन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार