३असार, चितवन । पूर्वी चितवनको शैक्षिक धरोहरका रुपमा स्थापित रत्ननगरको शहीद स्मृती बहुमुखी क्याम्पसले विगत ४० बर्ष देखि भोगचलन गर्दै आएको जग्गा विवादमा तानिएको छ । दुर्गादेवी श्रेष्ठले क्याम्पसलाई दानको रुपमा दिने मौखिक सहमती भएको र अहिले सम्म नामसारी हुन नसकेको ३ कठ्ठा १५ धुर जग्गा विवादमा तानिएको हो । २०३७ सालमा क्याम्पसले श्रेष्ठसंग ४ बिघा जग्गा खरिद गरेको थियो । सोही चार विघा क्षेत्रफल संग जोडिएको पश्चिम तर्फको कित्ता नं ३६९ को जग्गा मोही छुटाएपछि दान स्वरुप क्पाम्पसको नाममा नामसारी गरिदिने श्रेष्ठले वचन दिएकी थिइन ।

क्याम्पसले तारबार गरेर संरक्षण तथा प्रयोग गर्दै आएको जग्गा २०७३ सालमा किनबेच भएपछि जग्गा विवाद सुरु भएको हो। श्रेष्ठले क्याम्पस हाता भित्र रहेकोे तीन कठ्ठा १५ धुर जग्गा भोलानाथ नेपालकी श्रीमती अर्पना नेपाल र कमलचन्द्र खनालकी श्रीमती सुमित्र खनाललाई विक्री गरी नामसारी समेत गरिदिएकी छन् । क्याम्पस सञ्चालक समितिले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी ४० वर्ष देखि भोगचलन गर्दै आएको क्याम्पस हाता भित्रको जग्गा भूमाफियाले चलखेल गरी कब्जा गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार