३ असार , चितवन । भरतपुर महानगरले भरतपुर अस्पतालअगाडि र गोन्द्राङमा सार्वजनिक शौचालय निर्माण गर्दैछ । महानगरले चौबीसकोठीमा पनि शौचालय बनाउन लागेको थियो । भरतपुर विमानस्थलले बनाउन नदिएपछि त्यो रद्द भएको छ ।
४८ लाखमा दुई शौचालय निर्माण गर्न ज्योति निर्माण सेवाले २०७७ असारमा जिम्मा पाएको थियो । कोरोनाका कारण काम गर्न नसकेपछि महानगरले ठेकेदारलाई छ महिना म्याद थप दियो । थपिएको म्यादमा पनि ठेकेदारले काम गर्न नसकेपछि लामो समय सम्पर्कविहीन भएको हो । पछिल्लो दुई दिनदेखि ठेकेदार सम्पर्कमा आएको छ ।
पटकपटक ताकेता गर्दा पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का रद्द गर्ने प्रक्रिया सुरू भएको भरतपुर महानगरकी साइट इन्जिनियर सरुदेवी शर्माले बताइन् । ‘जति काम भएको छ त्यसको मूल्याङ्कन गरेर हर्जना तिराउने प्रक्रियामा छौँ’, उनले भनिन्, ‘बाँकी कामको जिम्मा अर्काेलाई दिने तयारी छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार