३ असार, चितवन । आर्थिक वर्ष २०७९/८० का लागि बागमती प्रदेशले बुधबार ७० अर्ब ९३ करोड ९२ लाखको बजेट प्रस्तुत गर्‍यो। सातवटा पालिका रहेको चितवनमा जम्मा ५५ करोड ४६ लाख २६ हजार रूपैयाँमात्रै बजेट परेको छ। उक्त बजेटमध्ये समानीकरण अनुदानतर्फ न्यूनतम अनुदान एक करोड ५७ लाख ५० हजार, सूत्रमा आधारित अनुदान १२ करोड ४१ लाख ९ हजार गरी जम्मा १३ करोड ९८ लाख ५९ हजार रूपैयाँ बजेट प्राप्त भएको छ।
यस्तै, ससर्त अनुदानतर्फ चालूमा २२ करोड १० लाख ३६ हजार, विशेष अनुदानतर्फ चालूमा दुई करोड ३५ लाख, समपूरक अनुदानतर्फ (पुँजीगत) १७ करोड दुई लाख ३१ हजार रूपैयाँ बजेट प्राप्त भएको छ। प्रदेशको बजेटमा चितवन जिल्लालाई महानगरपालिकाका लागि ११ करोड ८७ लाख २९ हजार, नगरपालिकातर्फ ३८ करोड १० लाख ३१ हजार र गाउँपालिकातर्फ पाँच करोड ४८ लाख ६६ हजार रूपैयाँ बजेट परेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार