चितवनमा हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ।

आज दिउँसोको समयमा चितवन राष्ट्रिय निकुञ्ज भित्र हात्ती चराउन जाने क्रममा हात्तीका माउते चन्द्रपुर गैडाटार घर भई हाल रत्ननगर नगरपालिका ६ बस्दै आएका ३६ बर्षीय हंसराज कुँवरलाई सोहि हात्तीले आक्रमण गरेको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीले आक्रमण गर्दा माहुते धामीको घटनास्थलमा नै मृत्यु भएको कोषका प्रमुख बाबुराम लामिछानेले बताए । 

लामिछानेकाअनुसार हात्ती चराउन गएका धामीलाई साढे चार वर्षको राजागज नामको भाले हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो । 

हात्ती चराउने क्रममा तर्सिएर भाग्दा हात्तीबाट खसेका धामीलाई हात्तीले कुल्चिनुका साथै दाह्राले हानेको लामिछानेले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार