चितवन । रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा रोपाइँ सुरू भइसकेको छ, तर किसानले अनुदानको मल पाएका छैनन् ।

किसानहरुले अनुदानको मल नपाएपछि निजी कम्पनीले उत्पादन गरेको मल बजारमा महँगोमा किन्न बाध्य भएका छन् । ‘बजारमा कम क्षमताका निजी कम्पनीले उत्पादन गरेको अनेकौँ नामका मल आएका छन्, अनुदानको मल नपाएपछि त्यही मल किन्न हामी किसानहरु बाध्य भएका छौँ’, भरतपुर गौरीगञ्जका किसान पीताम्बर सापकोटाले भने । उनका अनुसार किसानहरुले अनुदानको मल पाउने सहकारी तथा एग्रोभेटहरुमा मल नै छैन ।

उनले भने, ‘रोपाइँ सुरू हुने बेला भयो, तर मल आएकै छैन । गुणस्तर नभएका मल त्यही पनि महँगोमा किन्न बाध्य भएका छौँ, जसका कारण धान उत्पादनमा किसानको लागत यसपटक बढी पर्ने देखिएको छ ।’ अनुदानको रासायनिक मल हालिरहने बानी परेका किसानले महँगोमा भए पनि मल खरिद गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार