असार ४, राप्ती । राप्ती नगरपालिका वडा नम्बर ५ मा सिँचाइ बोरिङको शिलान्यास भएको छ । राप्ती-५ का वडा अध्यक्ष सिताराम तामाङले बोरिङको शिलान्यास गरेका हुन् ।

नेपाल सरकार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाबाट विनियोजित बजेटबाट बोरिङ खन्ने काम सुरु गरिएको हो ।

बोरिङको लागि समाजसेवी सन्देश घलानले पहल गरेका थिए । ५० लाख भन्दा बढी लागतमा आयोजनाको सुरुवात गरिएको घलानले बताए । मंगलटाँडी, लौगाईँ र चौकीडाँडाको क्षेत्रमा पाइपलाइन विस्तार गरि सिँचाइको पहुँच पुर्याइने उनले बताए ।

बोरिङले करिब ४० विगाहाभन्दा बढी जग्गा समेट्ने पनि उनले बताएका छन् ।

बोरिङको शिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष तामाङले धेरै अघि देखिको सोच अहिले पूरा भएको बताए । सिँचाइको अभावले खेतीयोग्य जमिन बाँझो राख्नुपर्ने बाध्यता हट्नेमा पनि उनले जोड दिए ।

सिँचाइ बोरिङ बन्ने भएपछि स्थानीयमा खुशी छाएको छ । मँगलटाँडीमा मात्र नभई यो योजनाले समग्र राप्ती-५ बासीमा खुशी छाएको स्थानीय सोमदास वाइवाले बताए । उनले जलस्रोत विभाग र पहलकर्ता घलानलाई धन्यवाद व्यक्त गरे । त्यस्तै सिँचाइ कै लागि भनेर बर्षा मौसम कुर्नु नपर्ने अर्का स्थानीय गणेश लामाले बताए ।

कार्यक्रममा जनप्रतिनिधि मदन गोपाल लटौला,  लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

सन्देश घलानको पहलमा राप्ती-५ मा अन्य कामहरु पनि भइरहेका छन् । लौगाइ डाँडामा र दूध पोखरी देखि माधवटोल हुँदै मंगलटाडी जोड्ने सडकमा बागमती प्रदेश सरकारबाट बिनियोजित १० /१० लाख बजेटको काम भइरहेको छ । यसको पहल पनि घलानले नै गरेका हुन् ।

त्यस्तै उनकै पहलमा छेथार मेन्डुलिङ गुम्बाको अधुरो भवन निर्माणको लागि १० लाख, बुद्ध चोक देखि गुम्बा जाने बाटो पक्की नाला निर्माण गर्नको लागि १० लाख र गैरी टोल अन्तर्गत तटबन्धनको १० लाख बजेट प्रदेशबाट छुट्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार