असार ४, राप्ती । राप्ती नगरपालिका ५ मा शिखरबस्ती बाल क्लबद्वारा आयोजित अन्डर-५५ केजी नाइन साइड फुटबल प्रतियोगितामा बिरेन्द्रनगर युवा क्लब विजयी बनेको छ । आज भएको फाइनल खेलमा आयोजक टीम शिखरबस्ती बाल क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै क्लबले उपाधि जितेको हो ।

उपाधि जितेको बिरेन्द्रनगर युवा क्लबले २० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्यो । त्यस्तै उप विजेता भएको शिखरबस्ती बाल क्लबले १० हजार नगद सहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।

प्रतियोगितालाई सेन्ट्रल कलेजले प्रायोजन गरेको थियो भने संरक्षकको रुपमा शिखरवस्ती युवा क्लब रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार