चितवन । चितवनमा नयाँ प्रजातीको चरा भेटिएको छ । चीन र भारतमा पाइने ‘चाइनिज पोन्ड हेरोन’ प्रजातिको चरा भेटिएको हो । रत्ननगर ६ बछौली र खैरहनी ११ गैंडहावामा एक जोडी नयाँ चरा भेटिएको हो । चितवनमा चरा संरक्षणको क्षेत्रमा क्रियाशिल संरक्षणकर्मीहरुले नयाँ चरा फेला पारेको चरा विज्ञ बासु विडारीले जानकारी दिए ।खैरहनीमा भाले र बछौलीमा भेटिएको पोथी भएको उनको भनाई छ । खैरहनीमा जेठ २६ गते र बछौलीमा असार २ गते चरा भेटिएको हो । नेपालमै पहिलो पटक चितवनको रत्ननगर र खैरहनीमा सो प्रजातीको चरा फेला परेको विडारीको भनाई छ । बकुल्ला जातको यो चरा फेला परेसँगै नेपालमा भेटिने चराको प्रजातिको संख्या बढेको छ । नेपालमा हालसम्म ८९० प्रजातिका चरा भेटिएको अभिलेख रहेको छ । तीमध्ये चितवनमा मात्रै ६५० प्रजातिका रहेका बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार