चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहाल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबीच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकामा भएको भेटवार्तामा दुबैबीच विकास निर्माणमा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए । उनका अनुसार भेटका क्रममा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर र पोखराबीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेको बताइन् । उनले विकास निर्माणसँगै पर्यटन प्रवद्र्धनमा सँगसँगै अघि बढ्ने सहमति भएको पनि बताइन् । दाहालले महानगरपालिकाले एक अर्कोको राम्रा अभ्यासको सिको गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार