चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा सफारी पर्यटनको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको काजलकली हात्ती जीवन र मरणको अवस्थामा पुगेको छ । उक्त हात्तीले करिब एक हप्तादेखी केही खाना नसकेको स्थानियहरुले बताएका छन् ।

करिब २० वर्ष पर्यटक बोकेर सेवा गरेको सो हात्ती अहिले होटल पार्क साइट नजिकै मृत्यु कुरेर बसेको छ । उपचार नपाएर जीवन र मरणको अवस्थामा पुगेको हो । चितवन राष्ट्रिय निकुञ्जका सौराहा सेन्टर प्रमुख विश्वबाबु श्रेष्ठले साे हात्ती साैराहाका व्यवसायी मधुकर रेग्मीकाे रहेकाे पुष्टि गर्दै निकुञ्जले विरामी हात्तिकाे निगरानी गरिरहेकाे बताए ।
पशु अधिकारकर्मी सुराजन श्रेष्ठले सफारी पर्यटनको हिसाबले परिचित सौराहामा उपचार नपाएर हात्ती जीवन र मरणको अबस्थामा पुग्नु दुर्भाग्य रहेको बताए । हात्तीलाई बचाउन सक्ने अबस्था नरहेको भन्दै उनले पशु अधिकारका विषयमा व्यवसायी गम्भीर नहुँदा काजलकली यो अवस्थामा आएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार