काठमाडौँ । निकै विवादित बनेको अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भएको छ ।

आज (सोमबार) बसेको मन्त्रीपरिषद् बैठकले एसपीपी कार्यक्रममा सहभागि नहुने भनेर अमेरिकी सरकारलाई जानकारी गराउने निर्णय गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सो निर्णयको पुष्टि गरेका छन् । नेपाली सेनाले नै एसपीपीमा सहभागि जनाउन अमेरिकालाई पत्र लेखेका भन्दै चर्को विरोध सुरु भएको छ ।

एसपीपीमा सहभागि भएलगत्तै नेपालमा अमेरिकी सेना आएर बस्न पाउने अवस्था थियो । यस निर्णयले नेपालमा अमेरिकी सेना प्रवेश गर्ने तयारी निषेध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार