चितवन । चितवनमा अनुदानको मल कोटा प्रणालीमा वितरण गर्न सुरू भएको छ । सोमबारदेखि कृषि सामग्री कम्पनी चितवन शाखाले अनुदानको डिएपी मल वितरण गर्न सुरू गरेको हो । यतिबेला कृषि सामग्रीसँग युरिया र पोटास मल एक दाना पनि छैन ।

चितवनका सातै पालिकाका बिक्री केन्द्रहरु (एग्रोभेट र सहकारी)मा थोरै परिमाणमा भए पनि अनुदानको मल पुराउने गरी वितरण सुरू गरेको कृषि सामग्री कम्पनी चितवन शाखाका प्रबन्धक राजन बगालेले बताए । उनले भने, ‘मल आएको होइन, भएको स्टकमा रहेको मलमात्रै धेरथोर परिमाणमा वितरण सुरू गरेका हौँ ।’

उनले कोटा प्रणालीमा वितरण गरेको मल शुक्रबारसम्म सकिने बताए । उनले भने, ‘रोपाइँको बेला किसानलाई केही राहत हुन्छ भनेर हिजोको दिनमा स्टकमा राखेको मल दिएका हौँ, तर मल आएको छैन ।’ उनले सरकारले असार मसान्तसम्म मल आउने जनाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर