काठमाडौं, असार ७ । प्रहरीले बिहे गर्ने प्रलोभनमा युवतीलाई बलात्कार गरी उनको साथबाट एक लाख र सुनका गरगहना लुटपाट गरी फरार भएका आशिष भन्ने विश्व तामाङलाई पक्राउ गरेको छ । गत २९ जेठ राति काठमाडौंको भोटेबहालस्थित एक गेस्ट हाउसमा तामाङले २४ वर्षीया युवतीलाई पेय पदार्थमा नशालु पदार्थ मिसाई खुवाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
जबर्जस्ती करणी गरी आफ्नो साथमा रहेको नगद एक लाख, दुई तोला सुन र एउटा मोबाइलसमेत लुटी फरार भएको भन्दै युवतीले २ असारमा प्रहरी बृत्त कालीमाटीमा निवेदन दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले तामाङलाई ५ असार राति ११ बजे पक्राउ गरेको हो । हाल उनलाई प्रहरी वृत्त कालीमाटीमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर