राप्ती, ८ असार । राप्ती नगरपालिका ७ स्थित जन आदर्श बहुमुखी क्याम्पसको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा गोविन्दप्रसाद कँडेल चयन भएका छन् । चौथौ क्याम्पस सभाले कँडेललाई पुन: अध्यक्षमा चयन गरेको हो ।

गत असार ४ गते चौथौ क्याम्पस सभाको आयोजना गरिएको थियो । समयको अभाव र छलफल प्रक्रियाको लागि भन्दै निर्वाचन सरेको थियो । समितिको लागि पार्टीगत भागबन्डा मिलाइएको छ । सदस्यहरुमा राजेन्द्र बुर्लाकोटी, टंक प्रसाद उप्रेती, जयराम बास्कोटा, बालकृष्ण लोहनी, बुद्धिराज थपलिया, डिल्लीप्रसाद थपलिया,बिष्णुहरि कँडेल, पूर्ण प्रसाद आचार्य, मार्कण्डेय गौतम, खिल प्रसाद घिमिरे र राम पुकार पाठक चयन भएका हुन् ।

यस्तै समितिले तीन जना सदस्यलाई मनोनीत गरेको छ । शान्ति उप्रेती, महेश्वर लामिछाने र खिल प्रसाद थपलिया सदस्यमा मनोनीत भएका हुन् ।

योसँगै गोविन्दप्रसाद कँडेल क्याम्पसको स्थापनाकाल देखिनै सञ्चालक समितिमा रहेका छन् । वि.स. २०५० सालमा क्याम्पसको स्थापना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर