
चितवन । चितवनमा बालबालिकालाई आजदेखि कोभिड १९ विरुद्धको खोप दिइने छ । चितवनमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आज बिहीबारदेखि कोभिड १९ विरुद्धको खोप दिइने भएको हो ।
स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख राम केसीले ९–१४ असारसम्म कालिका, रत्ननगर, खैरहनी र राप्तीका बालबालिकालाई खोप लगाइनेछ । १४–१८ असारसम्म भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका बालबालिकालाई खोप लगाइने छ । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउनुपर्ने छ ।