चितवन । राप्ती नगरपालिकामा तीन दिने दलित चेतना अभिवृद्धि अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रम को नारा ” २१ औँ शताब्दीमा मलाई विभेद स्वीकार्य छैन ” राखिएको थियो। उक्त कार्यक्रममा दलित समन्य समिति राप्ती नगरपालिकाका श्यामलाल विश्वकर्माको अध्यक्षतामा सञ्चालन गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि राप्ती नगरपालिकाका प्रमुख शम्शेर लामा विशिष्ट अतिथिको रुपमा वडा नम्बर २ का अध्यक्ष श्याम सुन्दर ऊप्रति र वडा नम्बर ५ का वडाध्यक्ष सीताराम बाल हुनु थिए । अथितिको रुपमा विभिन्न राजनीतिक दलका सदस्यहरु थिए ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, र अन्य अतिथिहरुले दलित विभेद अन्त्य गर्नुपर्ने विषयमा आफ्नो भनाइहरु राखिएका थियो। उक्त कार्यक्रममा बोल्दै राती नगरपालिकाका नगरप्रमुख सम्शेर लामाले कार्यक्रमको आयोजना गरेकोमा राप्ती नगरपालिका दलित समन्वय समितिलाई धन्यवाद दिदै यस्ता विभेदहरु अन्त्य गर्नका लागि आफू हरदम तयार भएको र नगरपालिकाले पनि विशेष कार्य गरेको बताउनुभएको थियो

यसैगरी उक्त कार्यक्रममा शोम बहादुर शुनारले लेख्नुभएको ‘अन्धविश्वास’ नामक पुस्तक विमोचन समेत गरिएको थियो । उक्त पुस्तकमा आफू दलित भएको कारण सानैबाट भोग्दै आएको पीडाको बारेमा लेखिएको थियो ।

उक्त कार्यक्रम अबको तीन दिन शमन चल्ने कुरा यस कार्यक्रमका अध्यक्ष श्यामलाल विकले उपस्थित सबैलाई जानकारी दिएका थिए। उक्त कार्यक्रममा राप्ती नगरपालिकाका निबर्तमान नगर उपप्रमुख इमान शिङ लामाको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार