पूर्वी चितवनको राप्ती नगरपालिका पर्यटनको प्रचुर सम्भावना भएको नगरपालिका रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।
शनिवार राप्तीमा राप्ती पत्रकार मन्चले आयोजना गरेको राप्ती नगरको विकासमा पर्यटनको भूमिका बिषय अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा पत्रकार ध्रुवराज खनालले राप्ती नगरमा पर्यटनको सम्भावना भएकोले राप्तीको पर्यटन विकासको लागि अहिले आएको नया स्थानिय सरकारले अहिलेको बजेटमा समावेश गरि पर्यटनको लागि विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाले राप्तीमा मुख्यत: कृषि तथा पर्यटनलाई विकास गर्न सकिएमा समृद्ध नगर बन्न सक्ने बताए । राप्तीको पहाडि भुभागमा रहेका अग्लो स्थान कामिनचुलि लगायत परेवाकोटमा होम स्टे सन्चालन तथा ब्यबस्थापन गर्नका लागि राप्ती नगरपालिकाले ध्यान दिनुपर्ने बताए ।
त्यसैगरी कार्यक्रममा समाजसेवी एवंम नेकपा एकीकृत समाजवादीका राप्ती नगर कमिटका इन्चार्ज हेमन्त कडेलले राप्तीको पर्यटन विकासका लागि नगरले गुरु योजना तयार गरि विकास गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटनका लागि राप्तीको समग्र भुभागको अध्ययन गर्नुपर्ने र जन सहभागिता बढाउनुपर्ने बताउदै पर्यटनका लागि आएको बजेटको जनताले आआफ्नो स्थानमा निगरानी बढाएमा मात्रै राप्तीको पर्यटन विकास हुन सक्ने बताए । त्यसैगरी कार्यक्रममा राप्ती पत्रकार मन्चका सह-सचिव आशिष उप्रेतीले राप्तीमा रहेको भष्माणी ताल, नागदह, तीन भर्याङलाई स्थानिय सरकारले उचित बजेट छुट्याई त्यहासम्म सजिलै जानको लागि पिच बोटोको विकास गरेमा मात्र राप्तीमा पर्यटनले गति लिन सक्ने बताए । राप्तीको पहाडि भेगमा रहेको परेवाकोट नाम मात्रैको परेवाकोट रहेको भन्दै त्यहासम्म जानको लागि आवश्यक पूर्वाधार निर्माण गरि परेवाकोट क्षेत्रमा पर्यटकिय गतिविधि बढाउनका लागि एवम् पर्यटकहरु आवतजावत गर्दा खान र बस्नको लागि होम स्टेहरु उचित रुपले ब्यवस्थापन गर्न सकिने बताए । राप्तीको पहाडी क्षेत्रमा रहेको ४ वटा वडा (१०,११,१२ र १३) पर्यटनका लागि उपयुक्त रहेकोले त्यस क्षेत्रमा चितवनको सौराहामा आएका पर्यटकहरुलाई राप्तीमा आकर्षण गर्नका लागि हिउदको समयमा कान्द्राङगढी र कामिनचुलिलाई ट्रेकिङ्ग मार्गको रुपमा विकास गर्न सकिनेमा जोड दिनुभयो ।
त्यसैगरी राप्ती पत्रकार मन्चका सदस्य दिलिप डल्लाकोटीले पहिलेको भन्दा अहिलेको स्थानिय सरकारले केही फरक किसिमले बजेट ल्याएकोले राप्तीको पर्यटन विकासमा सहयोग पुग्न सक्ने बताए । पर्यटन विकासका लागि पहाडि क्षेत्रहरुमा काम गर्दा त्यस क्षेत्रको अध्ययन अनुसन्धान एवम इआइए गरेर मात्र विकास गर्न सुझाव दिदै राप्तीको समृद्ध विकासको लागि पर्यटन तथा कृषिलाई नै जोड दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस राप्ती ३ का सभापति दिपा सुवेदीले राप्तीको पर्यटन विकासका लागि धमिलिमा चेपाङ्ग संग्राहलय र होम स्टे बनाउन सकिने बताउदै त्यहासम्म जानको लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नुे बताए । कार्यक्रममा राप्ती ५ का वडा अध्यक्ष सिताराम बल तामाङ्गले राप्तीमा पर्यटनको विकाससंगै कृषिलाई समेत अगाडि बढाउनुपर्ने बताए । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनुभएका राप्ती नगरपालिकाका उप प्रमुख देवेन्द्र लामाले राप्तीको पर्यटन विकासको लागि पहाडी क्षेत्रमा नै विकास गर्नुपर्ने बताए । पहाडी भेगमा रहेका अग्लो स्थान कामिनचुलीलाई ट्रेकिङ्गको रुपमा विकास गर्न सकिने बताउदै सौराहामा जम्मा भएका पर्यटकलाई त्यहासम्म लैजान सक्ने बताए । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका राप्ती नगरपालिकाका प्रमुख शमसेर लामाले अघिल्लो स्थानिय सरकारमा पर्यटन विकास समिति बनेको भएतापनि त्यो समितिले काम गर्न नसकेको र पर्यटनमा खासै ध्यान नदिएको बताए । अहिले आएको नया स्थानिय सरकारले जनताको भावना अनुसार पर्यटन विकास गरीने बताए । पर्यटन तथा विकास निर्माणको काम गर्दा आम जनताले समेत निगरानी गर्नुपर्ने बताउदै गलत कार्य गर्नेलाई गलत र सहि कार्य गर्नेलाई सहि भन्न सक्नुपर्ने बताए । राप्तीको पर्यटन विकासको लागि नगरले सबै सरोकारवालाहरुसंग छलफल र सल्लाह गरि पर्यटन विकास बोर्ड बनाएर काम गर्ने बताए । राप्तीको पहिचान झल्काउने गरि राप्ती नदीको ड्याकमा सौराहादेखि कुमरोज र कुमरोजदेखी कठार हुँदै लोथरसम्म जीप सफारी सन्चालन तथा ब्यवस्थापनको लागि निकुन्जसंग छलफल भैरहेको बताए । राप्तीको परेवाकोट पुरानो ईतिहास बोकेको ऐतिहासिक स्थल भएकाले त्यहा रहेका ऐतिहासिक तथा धार्मिक क्षेत्र र स्थलहरुलाई संरक्षण गरी त्यसको लागि उचित बजेट ब्यवस्थापन गरि विकास गर्ने बताए । चेपाङ्ग मार्ग हुँदै राप्तीको माथिल्लो भेगमा गुरुङ्गहरुको समाधिस्थल, पानीसरोढाप, अझै माथिल्लो भाग कान्द्राङ्ग र कामिनचुलिसम्मको एउटा रुट बनाएर पर्यटनको लागि विकास गर्नको लागि अहिलेको नीति तथा कार्यक्रममा समावेश गरेको बताए ।
राप्ती पत्रकार मन्चका उपाध्यक्ष विशाल आले मगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा राप्ती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगा भुजेल, राप्ती पत्रकार मन्चका सदस्य विवश पाठक, समाजसेवी कुबेर लामा, विभिन्न राजनितिक दलका प्रतिनिधि, विध्यार्थी, स्वयमसेवीका, शिक्षक लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रम मन्चका अध्यक्ष राजनदिल गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार