चितवन । भरतपुर ९ शरदपुर स्थित सिर्जना स्कुलमा स्थानीय निर्वाचनको झल्को दिने गरी विद्यार्थीहरुले चुनावी कार्यक्रमको आयोजना गरेका छन।
सो निर्वाचनबाट स्कुलको हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन,भाइस क्याप्टेनको चुनावी प्रक्रिया मार्फत छनौट गर्ने कार्य सम्पन्न भएको छ। छनौट कार्यमा कक्षा दुई देखि दशसम्म अध्ययन गर्ने विद्यार्थीहरुले मतदान गरेका थिए। मतदाता परिचयपत्र सहित उपस्थित विद्यार्थीहरुले निर्वाचन अधिकृतबाट प्राप्त मतपत्रमा मतदानका सम्पूर्ण प्रक्रिया पुरा गरि गोप्य मतदानद्वारा स्वस्तिक चिन्हको छाप लगाई मतपेटिका मा खसाएका थिए।
निर्वाचन प्रक्रियाको लागि प्रमुख निर्वाचन अधिकृत , निर्वाचन अधिकृत,पर्यवेक्षक, सुरक्षाकर्मी, पत्रकार , स्वयंसेवक, अधिकारकर्मी, उम्मेदवार प्रतिनिधि लगायतको ब्यबस्था गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार