चितवन। इच्छाकामना गाउँपालिका ४ स्थित नाग्दी खोलामा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । दिउँसो १२:१० बजे खसेको सुक्खा पहिरोका कारण बाटो दुबैतर्फ अवरुद्ध भएको थियो। उक्त पहिरो पन्छाई दुई तर्फि बाटो सुचारु गरेको पाँच मिनेटमै पुनः पहिरो खसी बाटो अवरुद्ध भएको प्रहरीले जानेको जनाएको छ।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोलीले बाटो खुलाउनको लागी सडकसँग समन्वय गरि पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार