राप्ती । जापानिज भाषाको परामर्श केन्द्र सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रेनिङ सेन्टर र राप्तीका विभिन्न क्लबहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मुख्यगरि खेलकुद विकासलाई लिएर अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

सेन्ट्रल कलेजको प्रबन्ध निर्देशक यज्ञ विलास पौडेलले खेलकुद विकासको लागि आफ्नो संस्था सदैव तत्पर रहेको बताउनुभएको छ । “खेलकुदको विकासको लागि हामी सधैँ सकारात्मक छौँ ।” उहाँले भन्नुभयो “आफूले सक्ने सहयोग गर्न हामी पछि हट्नेछैनौँ ।”

आयोजक हर्दी युवा समाजका अध्यक्ष शम्भु सुनारले जिल्लामा हुने हरेक खेलमा सेन्ट्रल कलेजले सहयोग गरेको बताउनुभयो । “चितवन जिल्लामा भएका साना/ठूला फुटबल प्रतियोगिताहरुमा सेन्ट्रल कलेजको सहयोग अतुलनीय रहेको छ ।” उहाँले भन्नुभयो “अझ हर्दी युवा समाजले सहभागिता जनाउने हरेक प्रतियोगितामा उहाँहरुको सहयोग हुनेछ ।” कलेजले अन्य प्रतियोगिताहरुको प्रायोजन गर्ने गरेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा राप्तीका विभिन्न क्लबहरुको प्रतिनिधित्व गर्ने युवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार