
नेकपा माओबादी विप्लब समुहको नाम लिदै चन्दाको लागि धम्की दिने गिरोह पक्राउ परेको छ।
काठमाण्डौं उपत्यका लगायतका बिभिन्न स्थानमा बस्ने व्यवसायीहरुलाई फोन गरी बिप्लव समुहको पुर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता बताउदै चन्दा माग गर्ने र माग बमोजिम चन्दा नदिएमा भौतिक कारवाही समेत गर्ने धम्की दिने ४ जनालाई अपराध महाशाखाले नियन्त्रणमा लिएको अपराध महाशाखा प्रमुख एसएसपी दिपक थापाले बताउनुभयो। उनीहरुले व्यापारीहरुलाई रु.३ करोड सम्म चन्दाको माग गर्दै आएको अनुसन्धानबाट खुलेको थापाले जानकारी दिनुभयो।
पक्राउ पर्नेहरुमा चितवन, भरतपुर १३ का ४२ बर्षीय नन्दुराज आचार्य, रामेछाप, सुनापती गा.पा.०३ बस्ने ३१ बर्षीय अटल भनिने रामदल श्रेष्ठ, नुवाकोट, ककनी गा.पा.वडा नं.०२ बस्ने ३३ बर्षीय बिन्तोष सिलवाल (सुनार), काभ्रे, तिमाल गा.पा.वडा नं.०५का ५२ बर्षीय तिर्थमान तामाङ पक्राउ परेका हुन् । उनीहरुको थप अनुसन्धान भैरहेको छ।