चितवन । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन प्रमुख नदीहरुको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।
नारायणीका सहायक नदीहरुमा बहाव बढ्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको हो ।

प्रमुख नदीहरूको बहाव बढ्ने तथा तालिकामा पहेलो रङ्गमा लेखिएका नदीहरूमा जलसतह सतर्कता तहनजिक पुग्न सक्ने तथा चुरे र तराई भूभाग भई बहने अधिकांश ससाना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार