काठमाण्डाै – दूषित पिउने पानीका कारण हैजा फैलिन थालेपछि सरकारले जारको पानीमा कडाइ गर्ने भएको छ । मापदण्ड पालना नगरी जारको पानी बिक्री गरेको पाइएमा कारबाही गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

विभागले आज सूचना निकालेर प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्दा पानी उद्योगीलाई उत्पादनसम्बन्धि निर्देशिका–२०७४ का प्रावधान पूर्ण रुपमा पालना गर्न पनि सचेत गराएको छ । आग्रहको अटेर गरे यस्ता उद्योगीलाई खाद्य ऐन अनुसार कारबाही हुने विभागले जनाएको छ । यस्तै, विभागले पानीका बोटल तथा जारमा लेवल तथा बिर्को सिलबन्दी भए/नभएको हेरेर मात्रै उपभोग गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार