भरतपुर । चितवनको खेतीयोग्य जमिनमा सिंचाइको सुविधा बढिरहेको छ । पछिल्लो समय यहाँको खेतीयोग्य जमिनमध्ये ७३ प्रतिशतमा सिंचाइको सुविधा पुगेको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ ।

ज्ञान केन्द्र चितवनका अनुसार कुलो, नहर, स्यालो ट्युवेल, बोरिङलगायतका माध्यमबाट चितवनको सिञ्चित जमिनको क्षेत्रफल बर्सेनि बढिरहेको हो । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले चितवनको खेतीयोग्य जमिनमध्ये ७३ प्रतिशतमा सिंचाइ पुगेको बताए । उनले भने, ‘क्रमशः सिंचाइको क्षेत्रफल बढिरहेको छ, जसका कारण चितवनमा उत्पादनसँगै खेतीयोग्य जमिनको क्षेत्रफल पनि बढिरहेको छ ।’ उनका अनुसार सिंचाइको कारणले चितवनमा यसपटक चैते धानको क्षेत्रफल र उत्पादन दुवै बढेको छ । चितवनमा यसपटक ८ हजार हेक्टरमा चैते धानको उत्पादन भएको छ ।
उनले भने, ‘सिंचाइको कारणले चितवनमा चैते धानको उत्पादकत्व पनि बढिरहेको छ, चितवनका किसानले चैते धान अन्य जिल्लामा निर्यातसमेत गरिरहेका छन् ।’

उनका अनुसार चितवनमा सिंचाइको कारणले चैते धानको उत्पादन गर्ने क्षमता यसपटक बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार