चितवन । धान दिवस मनाउन गएका सरकारी टोलीसँग किसानले अनुदानको रासायनिक मल माग गरेका छन् । बुधबार धान दिवस मनाउन गाउँ छिरेका सरकारी कर्मचारीका टोलीलाई किसानले अनुदानको मल लिएर आउन अनुरोध गरेका थिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ र कृषि ज्ञान केन्द्र चितवनले संयुक्तरुपमा गरेको धान दिवसका कार्यक्रममा किसानले मल नपाएको गुनासो गरेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका सूचना अधिकारी माधव पौडेलका अनुसार दुई ठाउँमा धान दिवस मनाउन जाँदा ती ठाउँमा किसानले मल नपाएको गुनासो गरे । उनले भने, ‘धान दिवसको दिन किसानले अनुदानको मल मागे, दिन सकेनौँ ।’ उनले मलका लागि राज्य नै लाग्दा पनि आउन नसकेको बताए ।

उनले भने, ‘कुमरोज र भीमनगरमा धान दिवसका कार्यक्रम भए, किसानले मल माग्दा खल्लो महसुुस भयो । धान दिवस मनाउने क्रममा त्यति ठूलो उत्साह आएन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार