चितवन । शक्तिखोर बजारभन्दामाथि लागेपछिको मुख्य बजार हो सिद्धि । पाइमाराङ, देउजर र मझवाङ खोला मिसिएको ठाउँको बायाँ किनारमा रहेकोले सिद्धि बजारलाई तीनदोभान बजार पनि भनिन्छ । तर, गत वर्ष असार १७ गते बिहानीपख आएको बाढीपहिरोपछि यो बजारको अवस्था नाजुक छ । देउजर र मझवाङ खोलाको बाढीसँगै सिद्धि बजारभन्दा थोरै माथिबाट बग्ने खहरेमा आएको गेग्रानले सिद्धि बजारका करिब दुई दर्जन घर तथा व्यवसाय ध्वस्त भएको थियो ।

तीन दिनपछि स्थानीय सरकार, प्रदेश र संघीय सांसद्समेतले अवलोकन गरेको बाढीपहिरो प्रभावित सिद्धिमा परिवर्तन भने शून्य छ । स्थानीय भरत चेपाङका अनुसार त्यतिबेला स्थानीय तहको समन्वयमा पहिलो चरणको राहतबाहेक कुनै पनि व्यवस्था भएन । स्थानीयले जेनतेन आफ्नै किसिमले बस्ने व्यवस्था गरेर दैनिकी गुजारिरहेको सिद्धि छात्रावासका सञ्चालकसमेत रहेका चेपाङले बताए । जसका कारण अहिले पनि बाढीपहिरोको डरमा छन् सिद्धिवासी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार