बिबस पाठकको लेखन तथा निर्देशनमा तिहार लक्षित गरेर ‘तिहारमा जुवा तास’ शर्ट मुभि सार्वजनिक हुने भएको छ।

राप्ती नगरपालिकाको डुम्रेखाडीमा छायांकन गरिएको उक्त शर्ट मुभिमा मदन पाठक, अस्मिता पाठक, सरोज पाठक, अर्जुन सिलवाल, राजन त्रिपाठी लगायत कलाकारहरुको मुख्य भुमिका रहनेछ।

चाडपर्वको नाममा जाँडरक्सी खाने, जुवा तास खेल्ने, धनको नाश गर्ने जस्ता विकृतिलाई बिषयवस्तु लेखक तथा निर्देशक बिबस पाठकले बताए।

उक्त शर्ट मुभिको क्यामेरामा रेहन मिया र मनोज चौधरीले साथ दिएका छन्।

छोटो चलचित्रमा छुट्टै स्थान बनाएका बिबस पाठकको यो ४२ अौँ शर्ट मुभि हो। यो शर्ट मुभि Social News Nepal युटुब च्यानलमा लक्ष्मी पुजाको दिन सार्वजनिक हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार