भरतपुर । यसवर्ष चितवनका ११ वटा कलेज पिसिएल नर्सिङ पढाउनबाट वञ्चित भएका छन् । चिकित्सा शिक्षा ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शाैयाको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था गरेपछि चितवनका ११ वटा कलेजले नर्सिङ पढाउनका लागि भर्ना लिन नपाएका हुन् ।

स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका अध्यक्ष डा. नेत्रराज चटौतका अनुसार चितवनका दुईवटा कलेजले मात्र यसवर्ष नर्सिङ पढाउनका लागि भर्ना लिन सक्नेछन् । उनले भने, ‘गत वर्ष पनि उनीहरुले भर्ना लिन पाएनन्, ऐनमा कुनै फेरबदल भएको छैन । यसवर्ष पनि चितवनका ११ वटा कलेजले नर्सिङ पढाउनका लागि भर्ना लिन सक्ने देखिएको छैन ।’

११ वटा कलेजले नर्सिङका लागि भर्ना लिन नपाउँदा एक सय जनाको रोजगारी गुमेको अनुमान गरिएको छ भने नर्सिङ जनशक्ति उत्पादनमा पनि ह्रास आइरहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार