राप्ती । भण्डारा बजार टोल विकास संस्था र भण्डारा बजार युवा समाज भण्डारा बजार व्यवस्थापनको लागि आफ्नो सक्रिय सहभागिता देखाउँदै आएका छन् । राप्ती नगरपालिकाको मुटु मानिने भण्डारा बजारलाई कसरी व्यवस्थित र सुन्दर बनाउने भन्नेमा टोल विकास संस्था र युवा समाज निरन्तर मैदानमा उत्रिएको छ । शनिबार भण्डारा बजारमा रहेको प्रतिक्षालय नजिकको रुख काँटछाँटको काम गरिएको छ । सशस्त्र प्रहरी बल हर्दीको सहयोगमा रुख काट्ने काम गरिएको हो । केही दिन अघि मात्र यी दुई संस्थाले भण्डारा बजारको राजमार्ग वरिपरिको पैदलमार्ग सम्याउने काम गरेका थिए । राजमार्ग वरिपरि झाडी भएर फोहर भएको हुँदा झार मार्ने औषधीको प्रयोग पनि यही दुई संस्था मिलेर गरेका थिए । त्यस्तै अव्यवस्थित भएर जीर्ण अवस्थामा रहेको मन्दिरको मर्मत सम्भारको काम पनि अघि बढेको छ । भण्डारा बजारमा पार्किङ र शौचालय निर्माणको लागि पनि भण्डारा बजार टोल विकास संस्था र भण्डारा बजार युवा समाज अगाडि बढेको छ । टोल विकास संस्थाका अध्यक्ष हिरा श्रेष्ठ, सचिव हरि सिलवाल, युवा समाजका अध्यक्ष राजेश श्रेष्ठ,उपाध्यक्ष अनिल अधिकारी,राम बहादुर स्याङ्तान (रमेश), कुशल पाठक लगायतको टीम योजना सहित अगाडि बढेका हुन् । भण्डारा बजारलाई व्यवस्थापन गर्ने जिम्मेवारी आफूहरूलाई भएको टोल विकास संस्थाका अध्यक्ष हिरा श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार