राप्ती नगरपालिकाले ५ बर्ष देखि ११ बर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको दोस्रो मात्राको खोप लगाउने कार्यक्रम स्थगित गरेको छ ।यही साउन ४ गते देखि ६ गतेसम्म खोप लगाउने कार्यक्रम तय गरिएको थियो । सोमबार नगरपालिकाले सुचना जारी गर्दै सो कुराको जानकारी गराएको हो । राप्ती नगर स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले विशेष कारणले गर्दा खोप लगाउने कार्यक्रम स्थगित गरिएको बताउनुभयो । अर्को सुचना नआउन्जेल सम्मको लागि कार्यक्रम स्थगित गरिएको पनि उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार