राप्ती नगरपालिकाले ५ बर्ष देखि ११ बर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको दोस्रो मात्राको खोप लगाउने कार्यक्रम स्थगित गरेको छ । यही साउन ४ गते देखि ६ गतेसम्म खोप लगाउने कार्यक्रम तय गरिएको थियो । राप्तीका सबै वडामा रहेका विद्यालयलाई केन्द्र बनाइ खोप लगाउने जानकारी आइतबार नगर स्वास्थ्य शाखाले दिएको थियो । सोमबार नगरपालिकाले सुचना जारी गर्दै खोप कार्यक्रम स्थगित गरिएको जानकारी गराएको हो । राप्ती नगर स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले विशेष कारणले गर्दा खोप लगाउने कार्यक्रम स्थगित गरिएको बताउनुभयो । अर्को सुचना नआउन्जेल सम्मको लागि कार्यक्रम स्थगित गरिएको पनि उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार