राप्ती-४ का वडा अध्यक्ष केदार आचार्यले स्वास्थ केन्द्रको अनुगमन गर्नुभएको छ । सोमबार डडुवा चोकमा रहेको आधारभूत स्वास्थ केन्द्रको अनुगमन वडा अध्यक्ष आचार्य लगायत वडा सदस्यहरु रमिता परियार, रमेश श्रेष्ठ, झमक बहादुर श्रेष्ठ र शान्तिमाया खुलालले गर्नुभएको हो ।

स्वास्थ केन्द्रमा भएको समस्यालाई सुदृढीकरण गर्ने तथा आवश्यकतालाई परिपुर्ति गर्ने हेतुले स्वास्थ केन्द्रको अनुगमन गरिएको आचार्यले बताउनुभएको छ । “स्वास्थकर्मीहरुलाई भएको समस्याहरु, औषधीको उपलब्धता, सेवाग्राहीहरुलाई परिपुर्ति गर्न सकिने स्वास्थ सेवाहरुको बारेमा हाम्रो टीमले अनुगमन गरेको हो ।” उहाँले भन्नुभयो ।

राप्ती-४ को स्वास्थ्य केन्द्र वनदेवी मार्ग डडुवा कुनाबाट डडुवा चोकमा सरेको छ । शैया सहितको सुविधाको लागि र सबैको सहजताको लागि केन्द्र चोकमा सारिएको आचार्यले बताउनुभयो । वडाले शिक्षा र स्वास्थलाई प्राथमिकतामा राखेको र यो पटक सुविधा सम्पन्न स्वास्थ्य चौकीको निर्माणमा आफूहरु अगाडि बढेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार