राप्ती । राप्ती नगरपालिकामा साउन १ गतेबाट करारका तीनजना कर्मचारी निस्कासन गरिएको भन्ने खबर फैलियो । योसँगै राप्ती नगरपालिकाका ७ जना वडा अध्यक्ष र २ जना कार्यपालिका सदस्यहरुले हस्ताक्षर गरि नगर प्रमुख समक्ष कार्यपालिका बैठकको माग गरे । बोर्ड बैठकबाट करारका कर्मचारीलाई निरन्तरता दिने भन्ने निर्णय भएको, नगरसभाबाट पनि पास भैसकेको र बैठकको छलफलबाट मात्र यसबारे निर्णय गर्नुपर्ने भन्दै जनप्रतिनिधिहरुले कार्यपालिका बैठकको माग गरेका थिए ।

यसै सन्दर्भमा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगर प्रमुखलाई भेटघाट गरेका छन् । भेटघाटमा कर्मचारी निस्कासनकै विषयमा कुराकानी भएको राप्ती-२ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेतीले बताएका छन् । “तत्काल कर्मचारी हटाउने विषयमा अहिले कुरा नभएको नगर प्रमुखले जानकारी दिनुभएको छ ।” उनले भनेँ “प्रमुख प्रशासकीय अधिकृत बाहिर हुनुहुन्छ । उहाँ फर्कनु भएपछि बैठक बसि छलफल गरेर अगाडि बढ्ने कुरा भएको छ ।”

२/४ दिन भित्रमै कार्यपालिकाको बैठक बसिने उप्रेतीले बताएका छन् । नविकरणको सवालमा बोर्ड बैठकले निर्णय गरि नगरसभाबाट पास गरेर करारको कर्मचारी थप गर्ने भनिसकेपछि नियुक्ति पत्र दिनुपर्ने  उनको भनाइ छ । निर्णय भइसकेको कुरालाई फेरि अर्को निर्णयमा जानुपर्छ भन्ने नभएको पनि उनले बताएका छन् ।

सोमबार राप्ती-२ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेती , ३ का अध्यक्ष शिबकान्त ओलि, ४ का अध्यक्ष केदार आचार्य , ५ का अध्यक्ष सिताराम तामाङ , ६ का अध्यक्ष जल्लु महतो थारु, ८ का अध्यक्ष पुर्ण प्रसाद आचार्य , ९ का अध्यक्ष खड्ग बहादुर तामाङ , कार्यपालिका सदस्य गोमा देबि धरेल, रमिता परियार, कविता राई, भक्त बहादुर सुनार, आइतीदेवी दराई लगायतले मेयर शमशेर लामाको कार्यकक्षमै भेटघाट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार