खैरहनी-८ मा रहेको रेवा इन्टरनेशनलले जय मनकामना युवा क्लबलाई जर्सी हस्तान्तरण गरेको छ । राप्ती १ मा रहेको क्लबलाई  रेवाले फुटबल जर्सी हस्तान्तरण गरेको हो । रेवाका प्रबन्ध निर्देशक गोकर्ण अर्यालले सम्पुर्ण खेलाडीहरुलाई उज्ज्वल खेल जीवनको शुभकामना व्यक्त गरेका छन् । रेवा इन्टरनेशनल उच्च शिक्षाको लागि जापान जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने आधिकारिक संस्था हो । विगत २ बर्ष देखि युवा तथा खेल विकासको लागि पनि रेवाको महत्त्वपूर्ण भुमिका रहेको छ । रेवाले दर्जनौँ खेलमा खेलाडीहरुको लागि पुरस्कार तथा युवा क्लबहरुलाई जर्सी हस्तान्तरण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार